Logo

बैंक / बिमा /शेयर

७० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक


GDP नेपाल
   ५ आश्विन २०८२, आइतबार


काठमाडौं । वित्तीय प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दैछ ।

निक्षेप संकलन उपकरण अन्तर्गत बोलकबोलमार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन् । न्यूनतम १० करोडदेखि अधिकतम ५ करोडको गुणनफल हुने गरी बोलकबोल गर्न सकिनेछ ।

सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ । निक्षेपको सावाँ तथा ब्याज भुक्तानी आगामी २०८२ असोज १२ गते हुनेछ । हाल कुल निक्षेप ७२ खर्ब नाघेको छ । राष्ट्र बैंकले बजार ब्याजदर स्थिर राख्न दीर्घकालीन निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत पटकपटक तरलता व्यवस्थापन गर्दै आएको छ ।

प्रकाशित : ५ आश्विन २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह