Logo

बैंक / बिमा /शेयर

सागर डिष्टिलरीको आईपीओमा २२ गुणा बढी आवेदन


GDP नेपाल
   ६ आश्विन २०८२, सोमबार


काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५२ हजारभन्दा बढीले आवेदन दिएका छन् ।

सिडिएससी एण्ड क्लीयरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरु बाट करिब २ करोड ६५ लाख कित्ता आईपीओ माग भएपछि यो निष्कासनमा २२ गुणाभन्दा बढी ओभर सब्स्क्राइब भएको हो ।

सर्वसाधारणका लागि निष्कासन गरिएका ११ लाख ९० हजार कित्तामध्ये १ लाख १९ हजार ६४ जनाले मात्र न्यूनतम १० कित्ता पाउनेछन भने करिब २२ लाख ३३ हजार आवेदकको हात खाली हुनेछ । आईपीओ बाँडफाँट गोला प्रथामार्फत हुनेछ ।

कम्पनीले जारी पूँजीको २० प्रतिशतबराबर १४ लाख ५२ हजार कित्ता शेयर निष्कासन गरेको हो । यसमध्ये १०५ वैदेशिक रोजगारीमा रहेका नेपाली, ५५ सामूहिक लगानी कोष र केही हिस्सा कर्मचारीका लागि छुट्याइएको छ । आईपीओको अंकित मूल्य प्रतिशेयर १०० रुपैयाँ रहेको छ र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड हो ।

प्रकाशित : ६ आश्विन २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह