Logo

अर्थनीति

तुइनखोला पहिरोः ५० घन्टामा २६ हजार घनमिटर मलबा पन्छाउनु असाधारण उपलब्धि !


gdpnepal
   ११ आश्विन २०८२, शनिबार


काठमाडौं । मुग्लिङ–नारायणगढ सडक अन्तर्गत तुइनखोलामा बाटो सुचारु भइसकेको छ ।

पहिरोको लाइभ फुटेज हेर्दा यो सडक पुनः सञ्चालनको सम्भावनामा अन्योल देखिन्थ्यो । तर, सहज रुपमा सडक पुनस्र्थापना भइसकेको छ र यात्रुहरु गन्तव्यमा पुग्न थालिसकेका छन् ।

पहिरो गएको स्थान अहिले सामान्य छ । पहिरो पन्छाउन कठिन भौगोलिक अवस्था र न्यून जनशक्तिका बाबजुद सडक डिभिजन कार्यालय भरतपुरले जुन मेहनत गर्यो, त्यसको भने प्रशंशा हुन थालेको छ ।

भूगर्भविद् डा. रञ्जन कुमार दाहाल २६ हजार घनमिटर मलबा (पहिरोबाट आएको धुलो र गेग्रानलगायत्) जम्मा ५० घण्टामै हटाउनु असाधारण उपलब्धि भएको बताउँछन् ।

यो कार्यलाई उनले ‘सडक विभागको क्षमता, तयारी र पेशागत दक्षताको स्पष्ट प्रतिबिम्ब पनि हो’ भनेका छन् ।

“यो छिटो कामकारवाहीले देखाउँछ कि हाम्रो डिओआर टिम आवश्यक उपकरणसहित, उच्चस्तरीय तालिम प्राप्त र सडक किनारको ढलान व्यवस्थापनमा पूर्ण रूपमा प्रतिबद्ध छ,” दाहाल भन्छन्, “उनीहरूको अथक प्रयासले राष्ट्रको जीवनरेखा पुनः बहाल गरेको छ, जसले हजारौँ जनताको आवागमन, सुरक्षा र सम्पर्क सुनिश्चित गरेको छ ।”

 

प्रकाशित : ११ आश्विन २०८२, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह