Logo

कर्पोरेट-बजार

एकैदिन ७ हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य


GDP नेपाल
   १९ आश्विन २०८२, आइतबार


काठमाडौं । आइतवार सुनको मूल्य प्रतितोला २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबारको तुलनामा यो मूल्य प्रतितोला ७ हजार ४०० रुपैयाँले बढी हो ।

यसअघि दशैं बिदा सुरु हुनुपूर्व असोज १२ गते प्रतितोला २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको यो मूल्य नेपाली बजारमा हाल सम्मकै उच्च हो ।

आज चाँदीको भाउ प्रतितोला २ हजार ९३० रुपैयाँ पुगेको छ । यसअघिको कारोबारमा चाँदी प्रतितोला २ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : १९ आश्विन २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह