Logo

विकास / पूर्वाधार

एकतर्फी सवारी संचालनको तयारीमा प्रशासन


GDP नेपाल
   १९ आश्विन २०८२, आइतबार


काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सडकमा यात्रुहरुको चापलाई मध्यनजरगरी पहिरो पन्छाई एकतर्फीरुपमा सवारी संचालनको लागि आवश्यक तयारीको कार्य गरिरहेको जानकारी दिएको छ ।

आइतबार एक सूचना जारी गर्दै कार्यालयले हाल मौसममा क्रमिक सुधार हुँदै गएकाले धादिङ, नुवाकोट र काठमाडौ दक्षिणकाली सडक खण्डका पहिरोहरु पन्छाएर सडक सूचारु गर्ने कार्य द्रुतगतिमा भइरहेको जानकारी दिएको हो ।

विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारी साधनहरु, काठमाडौंबाट नुवाकोटतर्फ जाने सवारी साधनहरु र काठमाडौं दक्षिणकाली हुँदै हेटौडातर्फ जाने सवारी साधनहरुलाई पूर्णरुपमा बन्द गरिएको थियो ।

अहिले विभिन्न ठाँउहरुमा पहिरो पन्छाई एकतर्फीरुपमा सवारी संचालनको लागि आवश्यक तयारीको कार्य भइरहेको छ ।

धादिङ, चितवन, मकवानपुर र नुवाकोट समेतका जिल्ला प्रशासन कार्यालयहरुवाट प्राप्त सूचनाको आधारमा सडकमा यात्रुहरुको चापलाई समेत मध्यनजर गरी उक्त सडकहरुमा आवागमन एकतर्फी रुपमा खुला गरिएको पनि कार्यालयले जनाएको छ ।

सवारी चलाउँदा सडकमा खटिएका सुरक्षाकर्मीको निर्देशन एवं ट्राफिक इसारा, संकेत र सूचनालाई गम्भीरतापूर्वक लिई सावधानीका साथ सवारी चलाउन कार्यालयको अनुरोध छ ।

प्रकाशित : १९ आश्विन २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह