Logo

Banner-news

वीरगन्जमा तीन भारतीय मुस्लिम धर्मगुरुमा कोरोना, तराईमा संक्रमणको सन्त्रास !


GDP Nepal
   ३० चैत्र २०७६, आइतबार


काठमाडौं । वीरगन्जमा रहेका तीन भारतीय नागरिकमा कोरोनाभाइरस संक्रमण रहेको अन्ततः पुष्टि भएको छ । तीनैजना मुस्लिम धर्मगुरु रहेको जनाइएको छ ।

उनीहरुको हेटौडास्थित ल्याबमा जाँच गर्दा कोरोना पोजिटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौं ल्याइएको थियो । शनिबारदेखि नै यो घटना चर्चामा रहे पनि काठमाडौंस्थित केन्द्रीय प्रयोगशालाले प्रमाणित गरिनसकेका कारण सार्वजनिक गरिएको थिएन ।

काठमाडौंमा पनि उनीरुको रिपोर्ट पोजेटिभ नै आएकाले अहिले तराई क्षेत्रमा त्रास सिर्जना भएको छ । हाम्रो जाँचको सन्ख्या गुणात्मक रुपले तुरुन्तै बढाउनुको बिकल्प नदेखिएको चिकित्सक अभिषेकराज सिंह बताउँछन् ।

कोरोना संक्रममित उनीहरु धर्मगुरु रहेको र स्थानिय मस्जिदमा धर्म प्रचार गरेको बताइएको छ । सम्भावित स्थानहरु सिल गरेर र परिक्षणको दायरा नबढाउने हो भने संक्रमणको अवस्था हाम्रो नियन्त्रण बाहिर जान सने उनी बताउँछन् ।

प्रकाशित : ३० चैत्र २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह