Logo

कर्पोरेट-बजार

तोलामा ४ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य


GDP नेपाल
   २४ आश्विन २०८२, शुक्रबार


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार रेर्कडब्रेक गर्दै हाल सम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ ।

बिहीवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको थियो । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य निरन्तर रुपमा बढीरहेको छ ।

आज चाँदीको मूल्यभने बढेको छ । बिहीबार तीन हजार २५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य आज तीन हजार ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित : २४ आश्विन २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह