Logo

अर्थनीति

सुन आयातको कोटा दैनिक २५ केजी पुग्योः रेमिट्यान्स पनि २५ लाखसम्म ल्याउन पाइने


gdpnepal
   २४ आश्विन २०८२, शुक्रबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाएको छ । यसअघि आयात गर्न सकिने सुनको दैनिक परिमाण २० किलोग्राम कायम गरिएकोमा हाल यसलाई बढाएर दैनिक २५ केजी पुर्याइएको छ ।

राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०८१ लाई संशोधन गर्दै सुन आयात र रेमिट्यान्स अप्रवाहको सीमा बढाएको हो ।

केन्द्रीय बैंकले रेमिट्यान्स पनि दैनिक २५ लाखसम्म ल्याउन पाइनेगरी सीमा बढाएको छ । यसअघि इजाजतपत्रप्राप्त विप्रेषण कम्पनी मार्फत सम्बन्धित बेनेफिसियरीको खातामा जम्मा गर्ने गरी दैनिक २० लाखसम्म (एकपटक वा पटक पटक) को विप्रेषण रकम ल्याउन सकिने व्यवस्था रहेको थियो ।

केन्द्रीय बैंकको परिपत्रबमोजिम भित्रिएको विप्रेषणको विवरण मासिक रुपमा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र विभाग, सम्बन्धित सुपरिवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा पेश गर्नु पर्ने जनाइएको छ ।

 

प्रकाशित : २४ आश्विन २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह