Logo

बिजनेस होम

देशभर मौसम सफा रहे पनि पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना


gdpnepal
   २९ आश्विन २०८२, बुधबार


काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। 

बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ। 

कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाले जानकारी दिएको छ।

आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ।

 

प्रकाशित : २९ आश्विन २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह