Logo

राजनीति

नितु पौडेल आत्मदाह प्रकरणमा बाबुल गिरीविरूद्ध प्रहरीमा जाहेरी


GDP नेपाल
   ८ कार्तिक २०८२, शुक्रबार


काठमाडौं । गायक तथा संगितकार बाबुल गिरीविरुद्ध गायिका नितु पौडेलको परिवारले शुक्रबार प्रहरीमा जाहेरी दिएको छ ।

गत शनिबार गायिका पौडेले अनामनगरस्थित गिरीको स्टुडियोमा आत्मदाह प्रयास गरेकी थिइन् । गायिका पौडेलको उपचारका क्रममा शुक्रबार बिहान कीर्तिपुरको ‘वर्न अस्पताल’ मा निधन भएपछि उनको परिवारले गिरीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएको हो ।

गायिका नितु पौडेल र संगीतकार बाबुल गिरी ९धनबहादुर० झण्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ ।

प्रकाशित : ८ कार्तिक २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह