Logo

मुख्य समाचार

दुर्गा प्रसाईंको निशानामा अब एनजीओ र आइएनजीओहरुः प्रमाण भन्दै भिडियो सार्वजनिक


gdpnepal
   १७ कार्तिक २०८२, आइतबार


काठमाडौं । मेडिकल कलेज सञ्चालक तथा विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहने व्यवसायी दुर्गा प्रसाईंले राष्ट्र र राष्ट्रियताप्रति खतरनाक गतिविधिमा संलग्न एनजिओ र आइएनजिओहरूको भण्डाफोर गर्दै आम नेपाली जनतालाई सचेत गराएका छन् ।

उनले विगत तीन वर्षदेखि यस्ता गतिविधिहरू सार्वजनिक गर्दै आएका थिए र अहिले थप प्रमाणसहित उनले आइतबार एक भिडियो सावर्जनिक गरेका छन् ।

भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मलेन गर्दै प्रसाईले उक्त भिडियो सावर्जनिक गरेका हुन् । जसमा उनले भनेका छन् कि विभिन्न एनजिओ र आइएनजिओहरूले विदेशी फन्डिङको प्रयोग गर्दै समाजमा भ्रम, विभाजन र भ्रष्टाचारको बीजारोपण गरिरहेको छन् । उनले जेनजी आन्दोलन र अन्य राजनीतिक गतिविधिहरूमा यस किसिमको हस्तक्षेप भएको दावी गर्दै, युवाहरूलाई भ्रमित बनाइएको उल्लेख गरेका छन् ।

यसअघि वि.स. २०१४ सालमा नेपाली कांग्रेस पार्टीको उदय भएदेखि २०७२ सालसम्म भएका राजनीतिक घटनाक्रम, पार्टी उदय र संविधान निर्माण प्रक्रिया पनि उनले प्रकाशमा ल्याएका छन् ।

उनले डा.गोविन्द केसीको अनशन, विवेकशील पार्टी, उज्ज्वल थापा फाउन्डेसन, एनइडी तथा बारबरा फाउन्डेसनको भूमिका सार्वजनिक गर्दै वर्तमान सरकारमा विदेशी प्रभाव रहेको आरोप लगाएका छन् ।

प्रसाईले सबै नेपाली नागरिकलाई राष्ट्रियता जोगाउने, देशप्रेम र जागरुकतासँग अगाडि बढ्न अपिल गर्दै भनेका छन् । यदि यस गिरोहले आत्मसमर्पण नगरेमा आगामी भिडियोमा थप कडा भण्डाफोर हुने र उनले यो अभियानमार्फत नेपाली भूमिको संरक्षण र राष्ट्रियतामूलक सरकारको स्थापना गर्न लक्ष्य राखेको बताएका छन् ।

 

प्रकाशित : १७ कार्तिक २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह