काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङ आइतबार बञ्चरेडाँडा ल्याण्फिल साइट पुगेर हालसम्म भएका सहमति पूरा गर्ने प्रतिबद्धता गरेपछि फोहोर फाल्न स्थानीयले खुलाउने भएका छन् ।
मन्त्री घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता गरेका छन् । जसका आधारमा स्थानीयले १५ दिनका लागि फोहर फाल्न दिने भएका हुन् ।
काठमाडौं महानगरपालिका र आसपासका नगरमा झन्डै दुई साताभन्दा लामो समयदेखि फोहर उठ्न सकेको छैन । मेयर बालेन शाहलगायतका प्रतिनिधिको खोजी स्थानीयले गरे पनि बालेनले भने समस्या समाधानमा कुनै चासो देखाएनन् ।
अन्ततः फोहरमैलाको समस्या समाधानका लागि मन्त्री घिसिङ आइतबार बिहान बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका थिए ।
स्थानीयवासी र ककनीका जनप्रतिनिधिसँग मन्त्री घिसिङले हालसम्म गरिएका सहमति १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता गरेको स्थानीय जनप्रतिनिधिहरुले जानकारी गराए ।










प्रतिक्रिया