Logo

विकास / पूर्वाधार

काठमाडौं कालमोचन घाटमा महानगरले चलायो डोजर (तस्वीरसहित)


GDP नेपाल
   १७ कार्तिक २०८२, आइतबार


काठमाडौं । काठमाडौं थापाथलीस्थित कालमोचन घाट क्षेत्रमा रहेका अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

आइतबार राम मन्दिर परिसरको ट्राफिक प्रहरी प्रभाग भत्काउन डोजर लिएर महानगर प्रहरीको टोली पुगेको थियो । तर प्रहरीसँगको संवादपछि महानगरपछि हटेको हो । तर सोही क्षेत्रमा रहेका अन्य संरचनामा डोजर चलाइएको हो ।

प्रहरी प्रभाग भत्काउन डोजर लिएर महानगर प्रहरीटोली त्यहाँ पुगेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

नगरप्रहरी नायव उपरिक्षक पूर्णचन्द्र भट्टले सरकारी जग्गामा बिना टेन्डर पसलहरु सञ्चालनमा ल्याइएकोले डोजर चलाएको बताए ।

‘बिना टेन्डर प्रकृया नै पसलरु सञ्चालन गरिएका थिए । सरकारी जग्गामा सानो एउटा खाजा पसल खोल्न त टेन्डर चाहिन्छ । यहाँ चाँही उसै टीका लगाएर दिने हो र ? भट्टी पसल खोलेर बस्नुभएको छ अझ । नीतिगत निर्णय हुनुपर्यो । यहाँ प्रकृया पुर्याएको भए हामी आउनुपर्ने थिएन ।’

प्रकाशित : १७ कार्तिक २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह