Logo

बैंक / बिमा /शेयर

सानिमा बैंकका ग्राहकलाई दराज ११:११ योजनामा विशेष छुट


GDP नेपाल
   २६ कार्तिक २०८२, मंगलबार


काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग दराज ११:११ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।
योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् १,५०० रुपैयाँ सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २,००० रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।


छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिनेछ । यो योजना २०८२ कार्तिक २५ देखि मंसिर ५ गतेसम्मका लागि लागू हुनेछ ।


बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए।टि।एमहरु संचालनमा रहेका छन् ।

प्रकाशित : २६ कार्तिक २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह