Logo

विकास / पूर्वाधार

मेलम्ची खानेपानीको मुहान क्षेत्र जाने सडक स्तरोन्नति गर्न टेण्डर आह्वान


GDP नेपाल
   २७ कार्तिक २०८२, बुधबार


काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र जाने सडक स्तरोन्नति गर्न बुधबार टेण्डर आह्वान गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङको उपस्थितिमा मंगलबार खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकार समितिहरुबीच भएको समझदारी कार्यान्वयनका क्रममा सडक डिभिजन कार्यालय, चरिकोटले बुधबार सडक स्तरोन्नति गर्न टेण्डर आह्न गरेको छ ।

मेलम्ची—अम्बाथान—मेलम्चीघ्याङ सडक खण्डको १७ किलोमिटर स्तरोन्नति गर्न तीन वटा प्याकेजमा विभाजन गरी टेण्डर गरिएको हो । सडक निर्माण लगायतका विभिन्न समझदारी भएपछि गत २० कात्तिकदेखि मेलम्ची खेलाको पानी सुरुङमार्फत काठमाडौं उपत्कामा ल्याउने दिन स्थानीय सहमत भएका थिए ।

प्रकाशित : २७ कार्तिक २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह