Logo

Banner-news

भारतमा लकडाउन २ हप्ता थपियो, नेपालले अब नक्कल गर्छ कि स्वविवेक ?


GDP Nepal
   २० बैशाख २०७७, शनिबार


काठमाडौं । नेपालको दक्षिणी छिमेकी मुलुक भारतमा भारतमा लकडाउन २ हप्ताका लागि थपिएको छ । पूर्वनिर्धारित लकडाउन सोमबार सकिने भए पनि भारत सरकारले शुक्रबार नै थप दुई साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

भारतको नयाँ निर्णयसँगै नेपालले के गर्छ भन्नेमा सबै नेपालीको चासो रहन्छ । किनकी नेपालमा लकडाउनको निर्णय भारतकै निर्णयमा निर्भर हुने गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग निरन्तर सम्वाद भइरहेको र कोरोनाविरुद्ध संयुक्त लडाइँ लडिरहेको प्रतिक्रिया यसअघि नै दिइसकेकाले भारतीय निर्णयका कारण नेपालमा पनि लकडाउन लम्बिने सम्भावना देखिन्छ ।

यद्यपि, भारतमा लकडाउनकै बेला पनि कतिपय व्यापार व्यवसाय खुकुलो पारिएको छ र आर्थिक गतिविधिलाई विस्तार गरिँदै लगिएको छ । अर्कोतर्फ गरिब र विपन्न नागरिकका लागि भारतले निशुल्क खाद्यान्नसमेत उपलब्ध गराउँदै आएको छ ।

तर नेपालमा न आर्थिक गतिविधि खुकुलो पार्ने काम भएको छ, न गरिब र विपन्नका लागि कुनै राहत प्रदान गरिएको छ । यसैले भारतले लकडाउन बढाउँदैमा नेपालले पनि नक्कल गर्ने हो भने हाम्रो अर्थतन्त्रले धान्न नसक्ने केही जानकारहरु बताउँछन् ।

भारतमा जस्तो फैलिंदो केस नेपालमा छैन त्यसैले सीमा र अन्तर्राष्ट्रिय उडान बन्द गरेर क्रमशः सीमित क्षेत्र खुला गर्नुपर्ने दबाब नेपाल सरकारमाथि छ । आर्थिक गतिविधि खुला नगरिए अहिले रोगबाट बच्न सकिए पनि पछि भने भोकबाट ठूलो संख्यामा मृत्यु हुनसक्ने चेतावनी सरोकारवालाहरुले दिइरहेका छन् ।

यद्यपि न्यून संख्यामा गरिएको परीक्षणले नेपालमा संक्रमितको आँकडा कम देखिएको टिप्पणी पनि गरिएको छ ।

प्रकाशित : २० बैशाख २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह