Logo

बैंक / बिमा /शेयर

लक्ष्मी सनराइज बैंकले बोलायो साधारणसभा


GDP नेपाल
   १९ मंसिर २०८२, बिहिबार


काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले साधारणसभा बोलाएको छ। बैंकले पुस १४ गते, सोमबार, अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा २५ औँ वार्षिक साधारण सभा बोलाएको हो। सभा बिहान ११ बजे सुरु हुनेछ।


सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले बैंकको सञ्चालक समितिको संरचना हेरफेर गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।


साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित : १९ मंसिर २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह