Logo

बैंक / बिमा /शेयर

सिटिजन्स बैंकले पायो ‘बैंक अफ द इयर २०२५’ अवार्ड


GDP नेपाल
   १९ मंसिर २०८२, बिहिबार


काठमाडौं । सिटिजन्स बैंकले फेरि बैंक अफ द इयरको अवार्ड पाएको छ । लण्डनमा आयोजित विशेष समारोहमा बैंकका सीईओ गणेशराज न्यौपानेले उक्त अवार्ड ग्रहण गरेका छन् ।


विभिन्न १३२ मुलुकका प्रतिष्ठित बैंकले यो अवार्ड पाएका छन् । जसमा नेपालबाट सिटिजन्सले यो अवार्ड हात पारेको हो ।
प्राविधिक स्तरोन्नति, नयाँ प्रडक्ट, वित्तीय समावेशीकरण, दिगोपनमा प्रभाव लगायत पक्षमा बैंकले लिने गरेका अग्रसरतालाई मुख्य आधार बनाउँदै डिसेम्बर ४ का दिन बैंक अफ दी इयरको अवार्ड प्रदान गरिँदै आएको छ ।


यसअघि सन् २०२४ मा पनि सिटिजन्सले नै बैंक अफ दी इयरको अवार्ड पाएको थियो । यो उपलब्धीले ग्राहक, सेयरधनी तथा कर्मचारीको विश्वासलाई प्रतिबिम्वित गर्ने बैंकका सीईओ न्यौपानेले बताए ।

प्रकाशित : १९ मंसिर २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह