Logo

अर्थनीति

हितेन्द्रलाई प्राधिकरणबाट हटाउने कुलमानको निर्णय ‘पूर्वाग्रही र प्रतिशोधपूर्ण’


gdpnepal
   २४ मंसिर २०८२, मंगलबार


काठमाडौं । सर्वोच्च अदालतले  नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सरुवा गर्ने निर्णय ‘पूर्वाग्रही र प्रतिशोधपूर्ण’ रहेको ठहर गरेको छ ।

अदालतले सरुवाको निर्णय बदर गर्ने फैसला सुनाउँदै पूर्ववत रूपमै कार्यकारी निर्देशकको रूपमा काम/कारबाही गर्न दिन भनेको छ । 

न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई प्राधिकरणबाट जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञमा सरुवा गर्ने सरकारको निर्णय बदर गरेको हो । 

ऊर्जामन्त्री कुलमान घिसिङको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले शाक्यलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाउँदै जल तथा ऊर्जा आयोगको सचिवालयमा विशेष पद सिर्जना गर्दै सरुवा गरेको थियो ।

शाक्यले आफ्नो पद प्राधिकरणमै कायम हुनुपर्ने माग गर्दै कात्तिक २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

शाक्यलाई हटाउने मन्त्री घिसिङको प्रस्तावमा आधारित भई गरेको निर्णय तथा कामकारबाहीलाई स्वच्छ, न्यायसंगत र उचित कारणमा आधारित निर्णय भनी मान्न नमिल्ने पनि आदेशमा उल्लेख छ । 

मिसिलको मुहारबाटै स्वेच्छाचारी देखिएका यस्ता निर्णय तथा कामकारबाहीहरू कानून र न्यायको रोहमा कायम रहन सक्ने नदेखिएको पनि आदेशमा उल्लेख छ ।

 

प्रकाशित : २४ मंसिर २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह