Logo

मुख्य समाचार

प्रधानमन्त्रीले ‘जेठो छोरो’ सुदन गुरुङलाई २ करोड ६७ लाख दिएर फकाएको खुलासा


gdpnepal
   २७ मंसिर २०८२, शुक्रबार


काठमाडौं । सरकार र जेन–जीबीच बुधबार सिंहदरबारमा भएको सम्झौतालाई लिएर जेन–जीको एक समूहले असन्तुष्टि जनाएको छ । 


विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो समूहले सुशीला कार्कीले आफ्ना विरोधीहरुको मुख थुन्न दुई करोड ६७ लाख खर्च गरेर प्रधानमन्त्री बनेको आरोप लगाएको छ ।

एक जेन–जी अभियन्ताले कार्कीले २ करोड ६७ लाख पैसा सुदन गुरुङलगायतका मानिसहरुलाई बाँडेको प्रमाण दिन आफू तयार रहेको बताए ।


प्रमाण दिन नसकेको खण्डमा आफू झुण्डिन पनि तयार रहेको उनको भनाइ छ । आफूले प्रमाण दिएपछि प्रधानमन्त्री कार्कीले पदबाट राजीनामा दिनुपर्ने उनले बताए ।

‘जुन दिन जङ्गीअड्डाको बाहिर सुशीला कार्कीको विरुद्धमा नारा घन्किँदै थियो, जङ्गी अड्डा बाहिर विरुद्धमा को–को बोलिरहेका छन्, तिनीहरुलाई मिलाउ, तिनीहरुको मुख बन्द गराउ भनेर तपाईँले २ करोड ६७ लाख कस कसलाई दिनुभयो ? तपाईँको जेठो छोरा (सुदन गुरुङ) हरुलाई दिनुभएको होइन ? म प्रमाण दिन तयार छु । कहाँ आउनुपर्ने हो, त्यो कुरा सत्य होइन भने म झुण्डिन तयार छु । यदि यो कुरा सत्य हो भने तपाईँ राजीनामा दिन तयार हो ?’ प्रश्न गर्दै उनले भने ।

 

प्रकाशित : २७ मंसिर २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह