काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँट भएको छ। आज भएको बाँडफाँटमा १८ हजार ४९५ जना आवेदकले ५० कित्ताका दरले सेयर पाएका छन् भने १८ जनाले ५१ कित्ताका दरले सेयर हात पारेका छन् ।
कम्पनीले गत पुस ७ गतेदेखि ११ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्काशन गरेको थियो। यसमा ५ लाख ३२ हजार ८८८ जनाले २ करोड ७२ लाख १५ हजार १०० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये मध्ये ५ लाख १९ हजार ४६ आवेदन स्वीकृत भएका थिए भने १३ हजार ८४२ आवेदन रद्द भएका छन्।










प्रतिक्रिया