काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से २८.७३ अंकले बढेर दुई हजार ६३९.३७ विन्दुमा पुगेको छ ।
बैंकिङ ९, विकास बैंक १४६, फाइनान्स १९, होटल तथा पर्यटन १७५, हाइड्रोपावर ४७, जीवन बीमा ६३, उत्पादन २६३, माइक्रोफाइनान्स २५, निर्जीवन बीमा ६३, अन्य १७ र व्यापार उपसमूह ८ अंकले बढेको छ ।
आज सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रीटेक, बन्दीपुर केबलकार र रु रु जलविद्युतको सेयर १० प्रतिशतले बढेको छ । यस दिन ३३५ कम्पनीको एक करोड २४ लाख कित्ता सेयर ६ अर्ब ४७ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया