Logo

बिजनेस होम

काठमाडौंमा बिहानको तापक्रम ३.५ डिग्री, ९ बजेसम्म चिसो बढ्ने


gdpnepal
   २३ पुस २०८२, बुधबार


काठमाडौंमा बिहानको तापक्रम ३.५ डिग्री, ९ बजेसम्म चिसो बढ्ने

काठमाडौं । देशका केही भूभागमा आज बदली हुने भएको छ । तराई क्षेत्रमा हुस्सु र कुहिरो लाग्नेछ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहानैबाट तराईमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु र कुहिरो रहनेछ । 

कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले राति तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहने बताएको छ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

यसैबीच, बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो काठमाडौंको अधिकतम तापक्रम बढेर १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान छ । 

मंगलबार (हिजो) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको थियो । यो काठमाडौंको वर्षकै न्यून तापक्रम हो । 

हिजो बिहान पौने ६ बजे भने काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस रहेको थियो । बिहान पौने ६ भन्दा पौने ९ बजेको तापक्रम कम हुन्छ । विभागले पौने ९ बजेको तापक्रमलाई आधिकारिक मानेर रेकर्डमा राख्दै आएको छ । 

जलवायुविज्ञ धर्मराज उप्रेती चिसो थप बड्ने सम्भावना रहेको बताउँछन् । “आगामी तीन/चार दिन अहिलेको अधिकतम तापक्रम र न्यूनतम  तापक्रममा २ देखि ३ डिग्री सेल्सियसले थप गिरावट हुने संकेत देखिएको छ,” उप्रेती भन्छन्, “तराई भागमा बिहानपख हुस्सु लाग्ने सम्भावना लम्बिएको छ ।” 

सडक तथा हवाई  यातायात प्रभावित हुने, खेती तथा दैनिक ज्यालादारीमा जिविकोपार्जन गर्ने समुदाय  बढी प्रभावित हुने उनको भनाइ छ । 

हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । 

 

प्रकाशित : २३ पुस २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह