Logo

बिजनेस होम

काठमाडौंको तापक्रम ३ डिग्री; तराईमा हुस्सु


gdpnepal
   २५ पुस २०८२, शुक्रबार


काठमाडौं । देशका केही प्रदेशमा आज आंशिक बदली हुनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली हुनेछ । बिहान तराईमा हुस्सु र कुहिरो लागेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका अधिकांश स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो रहनेछ । 

कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

यसैबीच, काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ । दिउँसो १५ देखि १७ डिग्री सेल्सियसबीच रहनेछ । 

राति तराई भूभागका केही स्थानमा हुस्सु रहनेछ । वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रहने विभागले बताएको छ । 

बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

 

प्रकाशित : २५ पुस २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह