काठमाडौँ । सोलु हाईड्रोपावर लिमिटेडले पुस २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि ८२ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
नेपाल धितोपत्र बोर्डबाट दुई करोड कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको यस कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयलाई सेयर जारी गरिसकेको छ ।
त्यस्तै, कम्पनीले सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीहरुका लागि ३ लाख कित्ता छुट्याएर बाँकी रहेको ८२ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
आइपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । आइपीओको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।










प्रतिक्रिया