Logo

बिजनेस होम

जेनजी विध्वंसको केन्द्र काठमाडौं-१ मा ‘विध्वंस नायक’ पठाओका मालिकले चुनाव लड्ने


gdpnepal
   २७ पुस २०८२, आइतबार


काठमाडौं । जेनजी आन्दोलनमा नाउँमा युवालाई भड्काएको र निजी सम्पत्ति लुटपाट तथा आगजनीका लागि उक्साएको आरोप लागेका राइड सेयरिङ एप पठाओका संचालक असिममान सिंह बस्न्यातले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका हुन् ।

बस्न्यातले छोटो भिडियो सन्देशमार्फत उनले आफू तीन वटा एजेन्डा अघि सार्दै चुनावी अभियानमा लाग्ने बताएका छन् ।

“व्यवस्था सहज भएन भने क्षमता भएर पनि भविष्य अनिश्चित हुन्छ त्यसैले म राजनीति गर्न होइन जिम्मेवारी लिन आएको हो,” उनले भिडियोमा भनेका छन्, “उद्यमशीलता र स्टार्टअपलाई समर्थन गर्ने व्यवस्था, युवा पुस्ताले नेपालमै सपना देख्न र त्यसलाई कार्यान्वयन गर्न सक्नु मेरो चाहना हो ।”

उनले अगाडि भनेका छन्, “दोस्रो कुरा जबाफदेहीता; काम गर्नेले जबाफ दिनुपर्छ, निर्णय गर्नेले जिम्मेवरी लिनुपर्छ यो नै सुशासनको आधार हो र तीन; अनुभव र नयाँ पुस्ताको जोड्ने पहल; जहाँ अनुभवी पुस्ता र युवाबीच संवाद मार्गदर्शन र सहकार्य होस् ।”

यद्यपि, बस्न्यातमाथि जेन–जी आन्दोलन भड्काउने र सार्वजनिक निजी सम्पत्तिमा आगजनी गर्न खुलेआम उक्साएको गम्भीर आरोप लागेको छ । यसका लागि उनले सामाजिक संजालबाट भिडिओमार्फत नै अपिल गरेका थिए ।

प्रहरीले आगजनी र लुटपाटमा संलग्नहरूलाई प्रमाणका आधारमा पक्राउ गर्दा धेरै पठाओ चालक पाइएका थिए । उनीहरूलाई लोकेशन दिएरै नेताहरूको घरमा आगजनी र लुटपाट गर्न पठाइएको पाइएको थियो ।

पठाओ सञ्चालक बस्न्यातको भूमिका शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धानको दायरामा ल्याउँदा जेन–जी अगुवाहरूको दबाबमा रोकिएको छ ।

 

प्रकाशित : २७ पुस २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह