Logo

कर्पोरेट-बजार

एफएनसीसीआई महिला उद्यमी विकास समिति सभापति कमला श्रेष्ठलाई मानार्थ विद्यावारिधी


gdpnepal
   २ माघ २०८२, बिहिबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत महिला उद्यमी विकास समितिकी सभापति कमला श्रेष्ठलाई आसियान युनिभर्सिटी इन्टरनेशनलले मानार्थ विद्यावारिधी उपाधि प्रदान गरेको छ ।

मलेसियामा हालै आयोजित समारोहमा व्यवसायी श्रेष्ठलाई ‘डिग्री अफ डक्टर अनरिज काउजा (डा. एचसी)’ प्रदान गरियो ।

आसियान युनिभर्सिटी इन्टरनेशनल युरोपियन एशोसिएसन फर हाइअर एजुकेसन एडभान्समेन्ट (ईएएचईए)सँग आवद्ध विश्वविद्यालय हो ।

विश्वविद्यालयले व्यवसायी कमला श्रेष्ठले निर्वाह गरेको सामाजिक उत्तरदायित्व, जिम्मेवारी बहन तथा आफ्नो पेशा व्यवसायमा वैज्ञानिक पद्धतिलाई अंगिकार गरेको भन्दै यो अवार्ड प्रदान गरेको हो ।

आसियान युनिभर्सिटी इन्टरनेशनलका अध्यक्ष प्राध्यापक डा. सुहेन्दर एसइएसएच र चान्सलर प्राध्यापक डा. सर म्यानुअल फियरी ग्रय्याबल वाई नूजले हस्ताक्षर गरेको मानार्थ विद्यावारिधी प्रमाणपत्र श्रेष्ठलाई विशेष समारोहबीच प्रदान गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य श्रेष्ठ सौंदर्यकला व्यवसायी संघ, नेपालकी अध्यक्ष समेत हुन् । उनले महिला उद्यमशीलता विकास र आत्मनिर्भरताका लागि दशकौंदेखि सक्रिय रुपमा काम गर्दै आएकी छन् ।

 

प्रकाशित : २ माघ २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह