Logo

मुख्य समाचार

काठमाडौंको तापक्रम ४.४ डिग्री; तराईमा हुस्सु र कुहिरो


gdpnepal
   ३ माघ २०८२, शुक्रबार


काठमाडौं । देशका केही स्थानमा आज आंशिक बदली हुने भएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा हुनेछ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ । 

कोसी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

विभागले राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहने बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । 

बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस रहेको छ । बिहीबार काठमाडौँको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस थियो । तर  बिहान ८:४५ बजे बिहीबार काठमाडौँको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस कायम भएको थियो।

 

प्रकाशित : ३ माघ २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह