Logo

मुख्य समाचार

बालेनभन्दा अघि नै राजीनामा दिए राजु पाण्डेलेः गगन थापासँग चुनाव लड्ने तयारी


gdpnepal
   ३ माघ २०८२, शुक्रबार


काठमाडौं । फागुन २१ मा हुने निर्वाचनका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिने तयारी गरिरहेका बेला उनका दायाँ हात मानिएका राजु पाण्डेले राजीनामा दिएका छन् ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख रहेका पाण्डेले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।

पाण्डेले शुक्रबार उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं समक्ष राजीनामा बुझाएको पुष्टि गरेका छन् ।

आम निर्वाचनमा होमिन राजीनामा दिए पनि पाण्डेले घरायसी कारण देखाउँदै माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा बुझाएका हुन् ।

पाण्डेले यसअघि नै महानगर प्रमुख बालेन शाहले राजीनामा दिनुअघि आफू पद छाड्ने तयारीमा रहेको बताएका थिए ।

पाण्डे निकट स्रोतका अनुसार उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेशको तयारीमा छन् भने पार्टीले टिकट दिए काठमाडौं ४ बाट चुनाव लड्ने तयारीमा छन् ।

काठमाडौं ४ बाट २०७० यता कांग्रेस नेता गगन थापाले जीत हासिल गर्दै आएका छन् भने गत निर्वाचनमा रास्वपाले कुनै उम्मेदवारी दिएको थिएन ।

यो निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ नेपाली कांग्रेसले ११ हजार ८०८ मत ल्याउँदा रास्वपाले ९ हजार ४१२ मत ल्याएर तेस्रो भएको थियो ।

कांग्रेस विभाजन भएको तथा रास्वपा र बालेनबीच एकता भएको अवस्थामा जीत निकाल्न सकिने पाण्डे र उनको समूहको बुझाइ छ ।

प्रकाशित : ३ माघ २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह