काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सक्रिय राजनीतिमा लागेसँगै राजीनामा दिएका छन् ।
मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । उपमेयर डंगोलले मेयरले राजीनामा आफूलाई बुझाएको जानकारी दिएकी छन् ।
शाह केहीबेरमा रास्वपा केन्द्रीय कार्यालय पुग्दैछन् । रास्वपा कार्यालयमा कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो भिड छ ।
शाह स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरको मेयरमा विजयी भएका थिए भने उनले सक्रिय राजनीतिमा लाग्ने दिन नै राजीनामा गरेर उच्च नैतिकता प्रदर्शन गरेका छन् ।
रास्वपाका वरिष्ठ नेता समेत रहेका शाह झापा ५ बाट उम्मेदवारी दिने तयारीमा छन् । रास्वपाले उनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ ।
प्रधानमन्त्री बन्न शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै संसदीय क्षेत्रमा हराउनु पर्नेछ भने त्यसपछि उनको दलले सुविधाजनक बहुमत ल्याउनुपर्नेछ । यद्यपि, चुनावपछि अन्य दलसँग गठबन्धन गरेर प्रधानमन्त्री बन्नसक्ने सम्भावना पनि बाँकी रहन्छ ।










प्रतिक्रिया