Logo

बिजनेस होम

पश्चिमी वायुको प्रभाव कायमै; काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस


gdpnepal
   ६ माघ २०८२, सोमबार


काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जसका कारण देशका केही स्थानमा आज आंशिक बदली भए पनि मुख्यतया मौसम सफा रहनेछ । 

विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । 

कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले राति तराई भूभागका केही स्थानमा हुस्सु रहने बताएको छ । पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

यता,  काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम हिजोभन्दा केही बढेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आजको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस छ।

हिजो (आइतबार) काठमाडौँको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियस थियो। सुरुवाती मापनमा भने ४.७ डिग्री सेल्सियस थियो।

 

प्रकाशित : ६ माघ २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह