Logo

मुख्य समाचार

रविलाई यो के आइलाग्यो ? चितवनमा मनोनयन गर्न १० हजारः पर्सा अदालतमा १ करोड धरौटी !


gdpnepal
   ७ माघ २०८२, मंगलबार


काठमाडौं । झापामा बालेन शाहको क्रेज बढिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भने सहकारी ठगीको मुद्दाले लखेटेको छ ।

चितवन २ मा तामझामसहित उम्मेदवारी दर्ता गराउने योजनामा जिल्ला अदालत पर्साले धक्का लगाइदिएको छ । सहकारी ठगी मुद्दामा जिल्ला अदालत पर्साले १ करोड धरौटी माग गरेसँगै रवि वीरगन्जमा केहीबेर रोकिएर चितवन हानिएका छन् ।

अदालतका अनुसार सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

उक्त मुद्दामा न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले धरौटी माग गर्ने निर्णय भएको हो ।

मनोनयन दर्ता गर्ने दिन नै लामिछाने जिल्ला अदालतमा तारेखका लागि पुगेका थिए । लामिछानेले केहीबेरमा चितवनमा उम्मेदवारी दर्ता गर्ने भएका छन् ।

मनोनयन शुल्क भने १० हजार रुपैयाँमात्र लाग्नेछ ।

प्रकाशित : ७ माघ २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह