Logo

बैंक / बिमा /शेयर

सूर्यज्योति लाइफका बीमित र अभिकर्तालाई एनआईसी एशिया बैंकको क्रेडिट कार्ड निःशुल्क


GDP नेपाल
   १० माघ २०८२, शुक्रबार


काठमाडौं। एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच रणनीतिक सहकार्यको सम्झौता भएको छ । 

सम्झौताअनुसार सूर्यज्योति लाइफका बीमित तथा बीमा अभिकर्ताहरूले एनआईसी एशिया बैंकबाट लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्राप्त गर्नेछन् ।

बीच दुई संस्थाबीच समझदारी पत्रमा एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्ताक्षर गरेका छन्।

यो सहकार्यबाट सूर्यज्योति लाइफका बीमित तथा अभिकर्ताहरूले वार्षिक शुल्क नतिरी क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार यसले आकस्मिक वित्तीय आवश्यकताको व्यवस्थापन गर्न सहज बनाउनुका साथै डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई समेत प्रोत्साहन गर्नेछ ।

प्रकाशित : १० माघ २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह