Logo

मुख्य समाचार

कोसी, गण्डकी र कर्णालीमा हल्का हिमपात र वर्षाको सम्भावना


gdpnepal
   ११ माघ २०८२, शनिबार


काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादली रहनेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । 

देशका उच्च पहाडी तथा हिमाली भूभागमा थोरै स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशको बाँकी भूभागका एकदुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको छ । 

विभागले राति देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने बताएको छ । 

कोसी, गण्डकी र कर्णाली प्रदेश प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

 

प्रकाशित : ११ माघ २०८२, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह