Logo

बैंक / बिमा /शेयर

माघ १८ गतेदेखि आईपीओ जारी गर्दै सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक


GDP नेपाल
   ९ माघ २०८२, बिहिबार


काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई शेयर बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा आईपीओ ल्याउन लागेको हो ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ७२ हजार ४३१ कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । निष्कासन छिटोमा माघ २१ र ढिलोमा फागुन ३ गते बन्द हुनेछ ।

आईपीओको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

 

प्रकाशित : ९ माघ २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह