Logo

मुख्य समाचार

राजतन्त्रसहित हिन्दू राष्ट्रका लागि सम्पूर्ण साधुसन्त अगाडि बढ्न तयार छौँ: जानकी मन्दिरका महन्थ


gdpnepal
   १४ माघ २०८२, मंगलबार


जनकपुर । पूर्व राजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरेका छन् । सोमबार दिउँसो उनले जानकी मन्दिरमा पूजा पाठ गरेका हुन्।

पूजा पाठ पश्चात जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले पूर्व राजा शाहलाई जानकी मन्दिरको चाँदीको प्रतीमा उपहार स्वरुप दिएका थिए । 

महन्थ दासले पूर्व राजा शाहलाई २०४७ पछिको संविधानलाई हटाउन आग्रह गरे । उनले देशमा राजतन्त्रसहितको हिन्दू राष्ट्रका लागि सम्पूर्ण साधुसन्त अगाडि बढ्न तयार रहेको बताए ।

दर्शन पश्चात सञ्चारकर्मीलाई छोटे प्रतिक्रिया दिँदै पूर्व राजा शाहले उनको आगमन धार्मिक मात्र रहेको बताए ।

पूर्व राजा शाहलाई हेर्न जनकपुरधामसहित विभिन्न जिल्लाका हजारौं जनता जानकी मन्दिर परिसरमा पुगेका थिए । सो क्रममा उनीहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ को नारा लगाएका थिए ।

 

प्रकाशित : १४ माघ २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह