Logo

Banner-news

नेपाली संक्रमितमा किन देखिँदैन कोरोनाभाइरसको लक्षण ? यी हुन् सम्भावित कारण


GDP Nepal
   ८ जेष्ठ २०७७, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभाको बैठकमा भने– नेपालमा आएको कोरोना भाइरसमध्ये चीनबाट आएको कमजोर थियो, इटलीबाट आएको पनि कमजोर नै थियो तर भारतबाट आएको बलियो परेछ ।

प्रधानमन्त्री ओलीको यो अभिव्यक्ति सामाजिक सञ्जालमा ट्रोल बन्यो । धेरैले भाइरसको पनि राष्ट्रियता हुन्छ र ? भन्दै प्रधानमन्त्रीलाई व्यंग्य गरे । कोरोनाका कारण दुई जनाको मृत्यु भइसकेको र दुवैको मृत्युअघि ठूलो लक्षणसमेत नदेखिएकाले नेपालीमा त्रास छाइरहेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या साढे ४ सय हाराहारीमा पुगिसकेकाले यतिबेला सर्वत्र चिन्ता र त्रास बढेको छ । कोरोना संक्रमण बेलैमा पत्ता लागेकाहरु उपचारपछि घर फर्केको खुसीयाली छ भने अधिकांश संक्रमितमा कुनै लक्षमणसमेत नदेखिएकाले त्रास सिर्जना भएको छ ।

स्वीट्जरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य संगठनले गठन गरेको कोभिड–१९ विज्ञसमूहमा कार्यरत नेपाली प्राध्यापक डा. प्रकाश घिमिरे नेपालमा संक्रमणको लक्षण नदेखिनुको कारण नयाँ भाइरस भएकाले हुन सक्छ । उनका अनुसार भाइरसको स्वरुप र यसले संक्रमितमा देखाउने लक्षणहरू निरन्तर परिवर्तन हुनसक्छन् ।

अहिलेसम्म अधिकांश अन्य देशबाट फर्किएका युवामा संक्रमण देखिएको छ र उनीहरुका परिवार तथा आफन्तमा समेत सरेको पाइन्छ । पछिल्लो समय कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी नहुँदा कतिपय समुदायमै यो फैलिसकेको छ ।

सुरुवाती दिनमा बाहिरबाट आएका मानिसलाई क्वारन्टाइन हुँदै आइशोलेसनमा पठाइए पनि पछिल्लो समय अव्यवस्थित रुपमा भित्रिएकाहरु सिधै समुदायमा पुग्दा संक्रमण फैलिँदो छ ।

विज्ञहरुका अनुसार भाइरस संक्रमणको सुरुवाती दिनमा त्यति ठूलो लक्षण देखिँदैन र अहिलेसम्म नेपालमा लक्षण नदेखिनुको कारण पनि त्यही नै हो । जब संक्रमितले समयमै परीक्षण गर्दैनन् र उपचारका लागि आइसोलेसनमा जाँदैनन्, तब भने समस्या देखिनसक्ने उनीहरुको अनुमान छ ।

पछिल्लो समय भने सुत्केरी र दीर्घरोगीमा यसको लक्षण देखिएकाले आगामी दिनमा भने कोरोना संक्रमितमा लक्षण देखिने जानकारहरुको अनुमान छ । दीर्घरोगी र वृद्धवृद्धमा सरेमा निमोनिया वा जटिल खालको लक्षण देखिनसक्ने सम्भावना रहेको विज्ञहरु बताउँछन् ।

त्यसो त भाइरस कमजोर र मानिस बलियो भयो अनि सार्ने माध्यम भएन भने रोग नियन्त्रणमा आउँछ । बिरामीले पनि नअत्तालिएर चलाख र तयार रहन सकेमा रोगलाई पचाउन सक्दछन् ।

प्रकाशित : ८ जेष्ठ २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह