Logo

बिजनेस होम

जाजरकोट उद्योग वाणिज्य संघको अध्यक्षमा रमेश केसी 


gdpnepal
   ८ चैत्र २०८२, आइतबार



सुर्खेत । जाजरकोट उद्योग वाणिज्य संघको अध्यक्षमा रमेश केसी निर्वाचित भएका छन् । संघको नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचन प्रक्रियामा सबै पदहरुमा आवश्यक सङ्ख्यामा मात्र उम्मेदवारी परेपछि नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको हो ।

निर्वाचन समितिका संयोजक भीमबहादुर सिंहका अनुसार वरिष्ठ उपाध्यक्षमा मोहन खड्का, उपाध्यक्षमा रेशमबहादुर खड्का, महासचिवमा सूर्यबहादुर रोकाय, कोषाध्यक्षमा दीपक वि।क। तथा सचिवमा पूर्णबहादुर कार्की निर्विरोध निर्वाचित भएका छन् ।

संघको सदस्यहरूमा विनोद कुमार घर्ती, मधुकर हमाल, युवराज शर्मा, मिलन प्रकाश चन्द, हेमन्त कुमार खत्री, शान्त राज हमाल, गणेश वि।स्वामी, मधुमिता शाह र कृष्णकला खड्का चयन भएका छन् । बदलिँदो परिवेशमा व्यावसायिक हकहितका सवाल र जाजरकोटको व्यवसाय प्रबद्धनका लागि आफ्नो कार्यसमितिले योजना बनाई कार्यान्वयन गर्ने नवनिर्वाचित अध्यक्ष केसीले बताए ।

 

प्रकाशित : ८ चैत्र २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह