काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ४२.५८ अंकले घटेर दुई हजार ७२६.५१ विन्दुमा पुगेको छ ।
बैंकिङ २१, विकास बैंक ५९, फाइनान्स ६३, होटल तथा पर्यटन १४०, हाइड्रोपावर ५०, जीवन बीमा २४९, उत्पादन १३४, माइक्रोफाइनान्स ७३, निर्जीवन बीमा १९९, अन्य ४८ र व्यापार उपसमूह १९ अंकले घटेको छ ।
आज ओम मेगाश्री फर्मासुटिकल्सको सेयर सबैभन्दा धेरै ६.९३ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज सम्पतकोशी डेभलपमेन्ट बैंकको सेयर सबैभन्दा धेरै ८.५६ प्रतिशतले बढेको छ ।
यस दिन ३३३ कम्पनीको तीन करोड २ लाख कित्ता सेयर १४ अर्ब १६ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया