Logo

बिजनेस होम

कोशी र गण्डकीमा आज पनि पानी पर्ने, काठमाडौंको तापक्रम ६.८ डिग्री सेल्सियस 


gdpnepal
   १८ माघ २०८२, शनिबार


काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ ।  कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका धेरै स्थानमा हुस्सु र कुहिरो रहनेछ । 

कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।

विभागले राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहने बताएको छ । कोसी र वाग्मती प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम  मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ  ।  

विभागका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस देखिएको छ ।

हिजो शुक्रबार यो समय काठमाडौँको न्यूनतम तापक्रम ५.३ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे घटेर ४.८ डिग्री सेल्सियस कायम भएको थियो। 

 

प्रकाशित : १८ माघ २०८२, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह