Logo

अर्थनीति

सुनको भाउ १३ हजार ४ सयले घट्यो, प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँ !


gdpnepal
   २० माघ २०८२, सोमबार


काठमाडौं । सोमबार सुन तोलामा १३ हजार ४ सय रुपैयाँ घटेर कारोबार मूल्य २ लाख ८६ हजार ६ सय रुपैयाँ भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सुनको कारोबार मूल्य दुई दिनमै ३३ हजार ९ सय रुपैयाँ घटेको छ । आइतबार सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँ थियो ।

लगातार उच्च बनेको सुनचाँदीको बजार मूल्यमा घट्ने क्रम पनि लगातार रहेको हो ।

चाँदी पनि ३ सय रुपैयाँ घटेर ५ हजार २ सय रुपैयाँ तोला भएको छ ।

आइतबार सुन तोलाको ३ लाख र चाँदी ५ हजार ५ सय रुपैयाँ भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै सुनचाँदीको भाउमा भारी गिरावट आएको हो । गत शुक्रबारका तुलनामा आइतबार सुन तोलामा १८ हजार ८ सय रुपैयाँ र चाँदी १५ सय ६५ रुपैयाँले घटेको थियो ।

यसअघि गत शुक्रबार पनि अघिल्लो दिनका तुलनामा २० हजार ५ सय रुपैयाँले घटेर प्रति तोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार भने एकैदिन २० हजार ५ सय रुपैयाँ बढ्दा सुनको भाउ हालसम्मकै उच्च प्रति तोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

 

प्रकाशित : २० माघ २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह