Logo

बैंक / बिमा /शेयर

नेपाल लाइफ इन्स्योरेन्स ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५’ बाट सम्मानित


GDP नेपाल
   २१ माघ २०८२, मंगलबार


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिष्ठित ‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२५’ प्राप्त गरेको छ। कर्पोरेट क्लब नेपालले काठमाडौंमा आयोजना गरेको समारोहका बिच लाइफ इन्स्योरेन्स विधामा उत्कृष्ट ठहरिँदै कम्पनीले यो अवार्ड हात पारेको हो।

अवार्डका लागि मनोनयनमा परेका अन्य प्रतिस्पर्धी बीमा कम्पनीहरूलाई पछि पार्दै नेपाल लाइफले यो सफलता प्राप्त गरेको हो। समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रूपमा उक्त सम्मान ग्रहण गरे।

बीमा कम्पनीहरूको वित्तीय विवरण, संस्थागत सुशासन, दाबी भुक्तानीको अनुपात, चुक्ता पुँजी र प्रथम बीमा शुल्क आर्जन जस्ता मुख्य सूचकहरूमा अब्बल देखिएकाले कम्पनीलाई यो पुरस्कार प्रदान गरिएको हो।

प्रकाशित : २१ माघ २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह