Logo

बिजनेस होम

काठमाडौंमा चिसो हट्यो: तापक्रम ८.० डिग्री सेल्सियस; आज देशभरको मौसम के हुन्छ ?


gdpnepal
   २२ माघ २०८२, बुधबार


काठमाडौं। तराई भूभागका केही स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्नेछ । कोशी, बागमती र  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । 

कोशी, बागमती र  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । बाँकी भूभागमा आंशिक बादल लागेको छ ।

आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । 

कोशी, बागमती र  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा  आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। 

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र  गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम हिमपातसहित वर्षाको सम्भावना सम्भावना रहेकोले ती भूभागहरूमा चिसो बढ्ने तथा दैनिक जनजीवन, पर्यटन, पदयात्रा , स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा  प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

यसैबीच, आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस देखिएको छ । 

हिजो (मंलबार) यो बेला काठमाडौँको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस थियो ।

हिजो बिहान ८:४५ बजे मापन गर्दा मंगलबार काठमाडौँको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस कायम भएको थियो ।

 

प्रकाशित : २२ माघ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह