काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ । केही भूभागमा हिमापात पनि हुनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
राति तराई भूभागका थोरै स्थानमा हुस्सु रहने विभागको भनाइ छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ ।
बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।
यसैबीच, आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस छ। हिजो (आइतबार) यो समय उपत्यकाको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस थियो।
आइतबार बिहान ८:४५ बजे केही घटेर आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस कायम भएको थियो।










प्रतिक्रिया