Logo

बिजनेस होम

उपत्यकामा हिजोभन्दा चिसो बढ्यो, आजको मौसम पूर्वानुमान यस्तो छ


gdpnepal
   २८ माघ २०८२, मंगलबार


काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकामा फेरि चिसो बढेको छ ।

आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस छ। हिजो (सोमबार) यो समय उपत्यकाको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस थियो।

देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । चारवटा प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । 

विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो रहनेछ । 

उच्च पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई क्षेत्रमा मुख्यतया सफा रहनेछ । 

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति तराई भूभागका थोरै स्थानमा तुँवालो रहने बताएको छ । उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ ।

 

प्रकाशित : २८ माघ २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह