काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ०.०४ अंकले घटेर दुई हजार ६६२.०९ विन्दुमा पुगेको छ ।
फाइनान्स ६, होटल तथा पर्यटन ४७, जीवन बीमा २९, उत्पादन ४२, माइक्रोफाइनान्स ३, अन्य ५ र व्यापार उपसमूह ८ अंकले घटेको छ । त्यस्तै आज बैंकिङ १, विकास बैंक १०, हाइड्रोपावर १६ र निर्जीवन बीमा उपसमूह ९ अंकले बढेको छ ।
यसदिन सुपर माई हाइड्रोपावरको सेयर ६.३९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज रिद्धि पावर कम्पनीको सेयर ९.६७ प्रतिशतले बढेको छ ।
यस दिन ३२९ कम्पनीको दुई करोड २२ लाख कित्ता सेयर ८ अर्ब ६९ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया