Logo

मुख्य समाचार

साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा १० प्रतिशत लाभांश घोषणा

GDP नेपाल
   ३० माघ २०८२, बिहिबार

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९.४९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यससँगै कम्पनीले शेयरधनीहरुलाई कुल १० प्रतिशत लाभांश दिने भएको हो । घोषित लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनले नियमित रूपमा नाफा आर्जन गर्दै शेयरधनीलाई प्रतिफल उपलब्ध गराउँदै आएको छ । यसपटक पनि बोनस शेयरमार्फत पूँजी वृद्धि गर्दै नगद लाभांशसमेत दिने निर्णयले लगानीकर्तामा सकारात्मक सन्देश गएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा १० प्रतिशत लाभांश घोषणा
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९.४९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यससँगै कम्पनीले शेयरधनीहरुलाई कुल १० प्रतिशत लाभांश दिने भएको हो । घोषित लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनले नियमित रूपमा नाफा आर्जन गर्दै शेयरधनीलाई प्रतिफल उपलब्ध गराउँदै आएको छ । यसपटक पनि बोनस शेयरमार्फत पूँजी वृद्धि गर्दै नगद लाभांशसमेत दिने निर्णयले लगानीकर्तामा सकारात्मक सन्देश गएको छ ।

प्रकाशित : ३० माघ २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह