Logo

मुख्य समाचार

आजको मौसम: दिउँसो सफा, राति कतै पानी पर्ने


gdpnepal
   १ फाल्गुन २०८२, शुक्रबार


काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । दिउँसो सामान्यतया मौसम सफा रहे पनि राति भने केही स्थानमा वर्षाको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो रहनेछ । 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया  बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

काठमाडौंमा बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस छ। हिजो (बिहीबार) पनि यो समय काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस नै थियो।

राति तराई भूभागका थोरै स्थानमा तुँवालो रहनेछ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा  साधरणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

कोसी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

 

प्रकाशित : १ फाल्गुन २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह