काठमाडौं । सरकारले त्रिभुवन विमानस्थल आसपास लगाएको निषेधाज्ञा असफल भएको छ ।
विमानस्थल आसपासमा शुक्रबार राजतन्त्र समर्थकहरुले निषेधाज्ञाको अवज्ञा गर्दै वृहत् प्रदर्शन गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट फर्कंदा समर्थकहरुले स्वागत गर्ने तयारी गरेपछि बिहीबार प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।
समर्थकहरुलले स्कर्टिङसहित पूर्वरााजालाई निर्मल निवास पुर्याएका छन् ।
झापाबाट हेलिकप्टरमा काठमाडौं फर्किएका शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न दुर्गा प्रसाईंसहित ठूलो संख्यामा समर्थक पुगेका थिए ।
उनीहरूले शाहलाई निर्मल निवास नै पुर्याएका हुन् ।










प्रतिक्रिया