Logo

मुख्य समाचार

झुलाघाट नाका तीन दिन बन्द हुने


GDP नेपाल
   १३ फाल्गुन २०८२, बुधबार


बैतडी । आसन्न निर्वाचनलाई लक्षित गर्दै बैतडीस्थित झुलाघाट नाका तीन दिन बन्द हुने भएको छ ।


प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार मतदान हुनुभन्दा ७२ घण्टा अघिदेखि सीमा बन्द गरिनेछ ।

सो नाका फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द रहनेछ ।
निर्वाचनलाई स्वतन्त्र र भयरहित बनाउन भारतसँग जोडिएको सीमामा सुरक्षा सतर्कता बढाइएको छ भने सशस्त्र प्रहरीका बीओपीमार्फत निगरानी कडा पारिएको छ ।


यस्तै तल्लोसोराड क्षेत्रमा महाकाली नदीका घाटबाट डुंगामार्फत हुने आवतजावत पनि सो अवधिमा बन्द गरिने जनाइएको छ ।

प्रकाशित : १३ फाल्गुन २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह